कोरोना भाइरस संक्रमण मुक्त भएपछि पनि मास्क लगाउन पर्छ कि पर्दैन ?

धेरै जसो संक्रमण भएर ठीक भइसकेका व्यक्तिहरूमा यो रोग प्रतिको प्रतिरोधात्मक क्षमता विकास भएको देखिएको छ।
तर यसले अरु संक्रमण रोक्छ कि रोक्दैन र यो प्रतिरोधात्मक क्षमता कति समयसम्म रहिरहन्छ भन्ने कुराको कुनै निर्क्योल नभइसकेको अवस्था छ । 

त्यसपछि केही संक्रमित मुक्त भएका मानिसमा प्रतिरोधात्मक क्षमताको विकास नै नभएको वैज्ञानिक तथ्य पनि बाहिर आइरहेको छ‌ । 

त्यसैले पहिला कोभिड संक्रमण भएर निको भएका सबैले पनि अरु सरह मास्क लगाउने, साबुन पानीले मिचिमिचि हात धुने र सामाजिक दुरी कायम गर्नुपर्दछ ।

Download this resource here (.jpeg - 159.42 KB)

Uploaded by Tripty on August 13, 2020